Loading... आजः २०८१ बैशाख ८, शनिबार

जापानका ६५ वर्षीय प्रधानमन्त्री स्वास्थ्य समस्याका कारण राजीनामा दिँदै

टोकियो : जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्य समस्याका कारण राजीनामा दिने भएका छन् । प्रधानमन्त्री पदको कार्यकाल सकिन एक वर्ष बाँकी नै छँदा आबेले राजीनामा दिने भएका हुन् ।

जापानी मिडियाका अनुसार उनले शुक्रबार साँझ नै राष्ट्रका नाममा सम्बोधन गर्नेछन् । ६५ वर्षीय प्रधानमन्त्री पछिल्लो केही समयदेखि नै बिरामी हुँदैआएका थिए । दुई साता उनलाई दोस्रो पटक अस्पताल नै भर्ना हुनुपर्ने अवस्था आएको थियो ।

जापानी मिडियाले विभिन्न स्रोतको हवाला दिँदै सिन्जोले आफ्नो स्वास्थ्यका कारण सरकारको नियमित काममा असर नपरोस् भनेर राजीनामा दिन लागेको जनाएका छन् । आबे जापानमा सबैभन्दा लामो समय लगातार प्रधानमन्त्री हुने पहिलो नेता हुन्।