Loading... आजः २०८१ बैशाख १३, बिहीबार

श्रम स्वीकृति अब खुला

काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण रोकिएको श्रम स्वीकृति खुला भएको छ ।

कोरोनाले विश्वव्यापी महामारी सिर्जना गरेसँगै सरकारले फागुनको अन्त्यदेखि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति रोकेको थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीका लागि जाने नेपालीको श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले रोजगार खुला भएका गन्तव्य मुलुकका सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय भएको बताए ।

सरकारले असार १५ गते शर्तसहित श्रमस्वीकृति नविरकण गर्ने निर्णय गरेको थियो । छुट्टीमा घर आएका कामदारको नविकरण गर्ने असार १५ गते निर्णय भएको थियो । सरकारले गत आइतबार नयाँ, पूराना सबैलाई श्रम स्वीकृति दिने निर्णय गरेको हो ।