नेपालका लागि बेलायती पूर्वराजदूत मृत रुपमा भेटिए
लण्डन : गत मे ६ देखि हराइरहेका बेलायती कुटनीतिज्ञ रिचर्ड मोरिसको शव भेटिएको छ ।
प्रहरीले खोजी गर्ने क्रममा उनको मृत शरीर ह्याम्पसायरको जंगलमा भेटिएको हो । मोरिसलाई अन्तिम पटक मे ६ को बिहान अल्टोनमा समयमा दौडँदै गरेको अवस्थामा देखिएको बताइन्छ ।
५२ वर्षीय मोरिसको शरीर जंगलमा भेटिएकोमा प्रहरीले उनको मृत्युलाई शंकास्पद मानेको छैन । यद्यपि प्रहरीले यसअघि नै उक्त जंगलमा उनको खोजी गरेको थियो । मोरिस प्रायः उक्त जंगलमा दौडिरहन्थे भनिएको छ ।
वार्सेस्टसायरका स्थायी बासिन्दा मोरिस नेपालका लागि पूर्व राजदूत समेत हुन् । २०१९ सम्म चार वर्ष उनी नेपालका लागि राजदूत थिए । तीन सन्तानका बाबु मोरिस नेपालपछि फिजीका लागि ब्रिटीश उच्च आयुक्तको रुपमा नियुक्त भएका थिए ।
परिवर्तन संवाददाता
१५ भाद्र २०७७, सोमबार २३:३०