Loading... आजः २०८० आश्विन १३, शनिबार

रुकुम पश्‍चिममा १६ किलो लागुऔषधसहित तीन जना पक्राउ

रुकुम पश्चिम : रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ मा १६ किलो लागुऔषध अफिमसहित तीन जना पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जाजरकोटको नलगार्ड नगरपालिका–९ का ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंह छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठगबहादुर केसीका अनुसार लागुऔषध कारोबार भइरहेको गोप्य सुचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरेका तीन जनाको झोला चेक जाँच गर्दा लागुऔषध अफिम फेला परेको जनाएको छ । पक्राउ परेकाहरुलाई आठ विसकोटबाट जिल्ला प्रहरी कार्यालय ल्याएर मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने डिएसपी केसीले बताए ।