Loading... आजः २०८१ माघ १, मंगलवार

आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने

सुर्खेत – आगामी आर्थिक वर्ष २०८१र८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे बस्ने संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन सहित नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ ।
राष्ट्रपति पौडेलले दिउँसो ३ बजे संसद्को संयुक्त सदनमा नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको छ । कांग्रेसले नीति तथा कार्यक्रम पेस गर्न दिए पनि त्यसमाथिको छलफलमा भने अवरोध गर्ने जनाएको छ ।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ ।

सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन सहित नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत गर्नेछन ।
सङ्घीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ ।