Loading... आजः २०८१ असार ६, बुधबार

कर्णालीमा मन्त्रिपरिषद् पुनर्गठन

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

कँडेलले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । यसअघि उनकै दल एमालेबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका सांसद विनोदकुमार शाहले मन्त्रीको शपथ बहिष्कार गरेका थिए ।

मुख्यमन्त्री कँडेलले उक्त मन्त्रालय आफैसँग राखेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

वैशाख १८ गते कँडेलले एमालेबाट ३ र सत्तारुढ दल माओवादी केन्द्रबाट ३ गरी ६ जना मन्त्री नियुक्त गरेका थिए । तर, शाहले दलका नेतासमेत रहेका कँडेलले एकलौटी गरेको, सांसदहरूबीच कुनै सल्लाह नगरेको र पार्टी केन्द्रको निर्देशनविपरीत मन्त्री बनाइएको भन्दै शपथ बहिष्कार गरेका थिए ।