Loading... आजः २०८१ माघ २५, शुक्रबार

सुर्खेतमा मिनी बस दुर्घटना, २ जनाको मृत्यु

 

सुर्खेत – सोमबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ( ७ को कटकुवा नजिकै मिनी बस दुर्घटनामा परी मृत्यु भएका दुवै जनाको सनाखत भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल सोमबार मिनी बस दुर्घटनामा परी घाइते भएकाको कर्णाली कियर हस्पिटलमा स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै ।

मृत्यु हुनेमा दैलेखको डुंगेश्वर गाउँपालिका–६ का २२ वर्षीय भिमसेन राना र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का अन्दाजी ७० वर्षीय शेरबहादुर खड्का रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दैलेखबाट सुर्खेत आउँदै गरेको मिनी बस दुर्घटना हुँदा २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बिरेन्द्रविर विश्वकर्माले बताए । उनका अनुसार घाइतेलाई उद्वार गरेर अस्पताल पुर्‍याइएको छ ।

कर्णाली प्रदेश ००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटनामा परेको उनले बताए । प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेका घाइतेहरूलाई मुख्यमन्त्री यामलाल कँडेलले भेटेका छन् ।

घाइतेको उपचारमा कमी हुन नदिन उनले प्रदेश अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका छन् ।