Loading... आजः २०८१ माघ २५, शुक्रबार

मानसिक स्वास्थ्य सम्वन्धी कार्यक्रमको कर्णाली प्रदेश स्तरीय समिक्षा सम्पन्न

सुर्खेत – कर्णाली प्रदेशमा भएको मानसिक स्वास्थ्य सम्वन्धी वजेट र कार्यक्रम कार्यन्वयन लगाएतका विषयमा समिक्षा गरीएको छ ।

शुक्रवार हिजो सामाजिक विकास मन्त्रालय संगको साझेदारीमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल ९सी।एम।सी–नेपाल० ले मानसिक स्वास्थ्यको क्षेत्रमा कर्णाली प्रदेशमा गरेको कामको समिक्षा गरेको हो । कार्यक्रममा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव दीर्घ वहादुर पोखरेल, आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशका उपसचिव एवम प्रवक्ता महेन्द्रजंग शाहि, सामाजिक विकास मंत्रालय स्वास्थ्य महाँशाखा प्रमुख विर्ष वहादुर शाहि, कर्णाली प्रदेश अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. शुसिल समदर्शी, लगाएत विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको प्रतिनिधित्वमा कार्यक्रम भएको थियो ।

मानसिक स्वास्यको अवस्था र प्रदेश सरकारको मानसिक स्वास्थ्य रणनितिक योजना कार्यान्यनमा सि।एम।सि नेपालले विभिन्न साझेदार संघसंस्थाहरु संग मिलेर गरेको प्रयास र त्यसको समिक्षा एवम वजेट निमार्णको पुर्व संध्यामा मानसिक स्वास्थ्यमा वजेट किन जरुरी छ भन्ने विषयै केन्द्रीत रहको सि।एम सि नेपालका कर्णाली प्रदेश प्रमुख हिमाल गैरेले वताउनु भयो । कार्यक्रममा मानसिक स्वास्थ्यका रोकथामका कार्यक्रमहरु के भैरहेको छ र कसरी जान जरुरी छ, उपचारमा तालिम तथा प्रर्वधनात्मक कामको प्रभावकारीता, प्रदेशले आपुर्ति गर्ने मानसिक स्वास्थ्य समस्या भएकालाई दिईने औषधीको व्यवस्थापनको विषयमा व्यापक छलफल रहेको थियो । सहभागिहरु मध्य वाट कर्णाली प्रदेशमा अहिलेको वजेट प्रयाप्तता नभएको र वजेट वृद्धीको आवश्यक रहेको सुझाव समेत आएको थियो भने सरकारी स्तरवाट वजेट उपलव्धता रहेको तर प्रभावकारी कार्यान्व्यनमा केहि चुनौति रहेको प्रतिकृया थियो ।

प्रदेश आपुर्तिको निर्देशक डा। शक्ति सुवेदीले मानसिक औषधीको व्यवस्था सहज हुदै गएको र आगामी दिनमा समेत सुरक्षित गरिने विश्वास गराउनु भएको थियो । साथै इन्सेक का प्रदेशिक संयोजक नारायण सुवेदिले मानसिक स्वास्थ्यमा लगानीमा उच्च प्रथामिकता दिनु पर्ने वताउनु भयो । सि।एम।सिका प्रदेशीक संयोजक हिमाल गैरे ले विभिन्न अनुसन्धान र नेपालमा मानसिक स्वास्थ्यको प्रथामिकता अनुसार लगानी वढाउनु पर्ने आवश्यक रहेको वताउनु भयो । यता आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशका उपसचिव एवम प्रवक्ता महेन्द्रजंग शाहिले वजेट शिलिङ्ग अर्थ वाटै जाने भएकाले, वजेट प्रस्ताव सामाजिक विकास मन्त्रालय वाट वढेर आएको वजेटलाई जस्ताको त्यस्तै पठाउने प्रतिवद्धता व्यत्त गर्नु भयो । कार्यक्रममा वाल्दै सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव दीर्घ वहादुर पोखरेलले मानसिक स्वास्थ्यका विषयमा आफु जानकार रहेको र यो संवेदनशिल विषय पनि भएकाले वजेटमा यसलाई आगामि आर्थिक वर्ष ०८१।०८२ मा प्रथामिकताका साथ राख्ने वताउनु भयो । सामाजिक विकास मन्त्रालय संगको साझेदारीमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल ९सी।एम।सी–नेपाल० ले आयोजना गरेको यो कार्यक्रमको सहजिकरण सि।एम।सि नेपालका कार्यक्रम संयोजक लक्ष्मन नाथ ले गर्नु भएको थियो ।