Loading... आजः २०८३ बैशाख ५, शनिबार

बेसाहारा आामको अभाबको दैनिकि स्थानिय सरकार बेखबर

 

दैलेख

दैलेख– जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं–४ जगनाथ तुर्सु गाउँदेखि करिब ४–५ किलोमिटरको दुरिमा तितेपातल जङगल पर्दछ । सोहि घना जङगलमा ६५ बर्षिया खड्किसरा बुढा बस्दै आएकि छन । उनको आर्थिक अबस्था कमजोर हुदा घरको छाना पनि छैन,नत पेटभरि खाने गास नै छ ,नत ओत लाग्ने बासँ नै छ , तरपनि अभाबमा दैनिकि चलिरहेको छ ।

खड्किसराले भन्नुभयो श्रिमानको दुईबर्ष अघि निधन भयो । एक छोरा थिए छोराको भगवतीमाई देखि जाजरकोट जाने बाटो खन्ने क्रममा पातिहाल्ना भन्ने ठाउँमा च्यापिदा अपाङग भएर थलिएको छ ।

प्रत्येक दिन के खाने र पानि परे कसरि ओत लाग्ने त्यहि चिन्ताले सताउने गरेको छ । यस्तै स्थानिय सरकारले आबासको ब्यबस्था गरिदिए र खाद्यान्नको जोहो गरिदिएको भए आफुलाई राहत हुने बताउनुभएको छ ।

यता स्थानिय सरकार भने बेखबर भएको छ । चुनाबको बेला गाउँगाउँमा सिंहदरबार भन्दै बेसाहारालाई सहारा दिन्छौ घर नभएकालाई आबासको ब्यबस्था गर्छौ भन्ने प्रतिबद्धताहरु घोषणापत्रमै सिमित भएको स्थानिय युवा जनक अधिकारिले जानकारि दिएका छन ।