Loading... आजः २०८३ बैशाख ५, शनिबार

प्रदेशभित्र संचालित अटोरिक्सा व्यवस्थित गर्न कार्यदल गठन

 

सुर्खेत –  कर्णाली प्रदेशभित्र संचालन हुने तिनपांग्रे सवारी साधन अटोरिक्सा व्यवस्थित गर्न कार्यदल गठन गरिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

विभागीय मन्त्री अम्मरबहादु थापाको अध्यक्षतामा आज बसेको बैठकले मन्त्रालयका भीमबहादुर कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको हो । साथै, कार्यदलको सदस्यमा यातायात व्यवस्था कार्यालय सुर्खेतका आनन्द चपाई, जिल्ला प्रशासन कार्यालय सुर्खेतका सम्शेर राना, वीरेन्द्रनगर नगरपालिका कार्यालयका नमराज गिरी र सदस्य सचिवमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका उपेन्द्र आचार्य रहेका छन्

अटोरिक्सालाई व्यवस्थित गर्ने सम्बन्धमा अध्ययन गरी साउन महिनाभित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन गरिएको मन्त्री थापाले जानकारी दिए ।

उनका अनुसार कार्यदलले अटोरिक्साको भाडादर निर्धारण, रुट व्यवस्थापन, कुनै एक स्थानीय तहमा दर्ता भै अर्को स्थानीय तहमा संचालन गर्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ ।
साथै, कार्यदलले अटोरिक्सा पार्किङ्ग, ट्राफिक जनशक्तिको थप व्यवस्थापन सम्बन्धी अध्ययन गरि प्रतिवेदन तयार गर्न लगाइएको मन्त्री थापाले बताए ।