मोहमद अफताव आलमको मुद्दाको सुनुवाइ हुँदै
मोहमद अफताव आलमको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौ – रौतहट बम विस्फोटको अभियोगमा थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहमद अफताव आलमको मुद्दाको आज सुनुवाई हुँदै छ।
आलमको मुद्दा न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा पेसी रहेको छ। आलामले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्चमा दायर गरेका थिए। २०७७ असोज १२ गते दर्ता भएको निवेदनमा उनलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ। जिल्ला,उच्च हुँदै उनको मुद्दा सर्वोच्च आएको हो। आलमको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन रहेको छ।
न्यायाधीश राउत र रेग्मी नेपाली कांग्रेसको कोटामा सर्वोच्चको स्थायी न्यायाधीश सिफारिस भएका हुन्। आलमको निवेदन पहिलो नम्बरमा पेसी रहेको छ।







परिवर्तन संवाददाता
२९ श्रावण २०७८, शुक्रबार १२:४८