संसद बैठक आज बस्दै

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएबा छन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद बैठक औपचारिकतामा सीमित हुँदै आएको छ ।
सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले संसदको आजको बैठकमा एमसीसी टेबुल गर्ने जनाएको छ ।
संघीय संसदका महासचिव भरतराज गौतमले शनिबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० समावेश गरिएको छैन ।
सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७र०७८ प्रतिनिधि सभामा पेश गर्ने उल्लेख छ ।







परिवर्तन संवाददाता
८ फाल्गुन २०७८, आईतवार ०७:४८