
पाकिस्तानको एक विश्वविद्यालयमा बम विस्फोट हुँदा तीन चिनियाँसहित चार जनाको भएको छ। कराँची विश्वविद्यालयमा भएको विस्फोटमा पर्ने तीन चिनियाँमध्ये २ जना अध्यापक रहेको बिबिसीले जनाएको छ।
विश्वविद्यालयको फरेन फ्याकल्टीमा भ्यान ठोक्याएर विस्फोट गराइएको हो। मृत्यु हुनेमा हुआन गुइपिंग, दिंग मुपेन्ग र चेन साई रहेका छन्। गुइपिंग फ्याकल्टीका निर्देशक र दिंग मुपेन्ग र चेन साई अध्यापक रहेका छन्। भ्यानमा सवार चालकको खालिद नामका व्यक्तिको पनि मृत्यु भएको छ।
उक्त विस्फोटमा एक चिनियाँ र एक स्थानीय गम्भिर घाइते भएका छन् भने दुई सेक्युरीटी गार्ड पनि सामान्य घाइते भएका छन्। घाइते व्यक्तिको पटेल अस्पतालमा भर्ना गरिएको छ। प्रहरीले सीसीटीभी फुटेज मार्फत अनुसन्धान सुरु गरेको बिबिसीले जनाएको छ।










परिवर्तन संवाददाता
१३ बैशाख २०७९, मंगलवार २०:३२