Loading... आजः २०८१ बैशाख १८, मंगलवार

पत्रकारहरुलाई पारिश्रमिक नदिनुमा मिडिया मालिक नै दोषी

सुर्खेत – पत्रकारहरुको न्युनतमा पारिश्रमिकमा मिडिया मालिक नै दोषि रहको एक कार्यक्रमा सहभागीले बताएका छन् । बिहीबार वीरेन्द्रनगरमा भएको श्रमजीवी पत्रकारको अवस्था, चुनौती र भावी रणनीति विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

 

न्युनतम पारिश्रमिक निर्धारण समिति नेपालको आयोजनामा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको समन्यवयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

उक्त कार्यक्रमा पत्रकारहरुको पारिश्रमिकका विषयमा गम्भीर कुराहरु उठेका थिए । कर्णाली प्रदेशभरबाट सहभगाी पत्रकाहरुले मिडिया मालिकहरुले सबै प्रकारका समाचारमा काम गर्न लगाउँने महिनामा पारिश्रमिक दिँदा भोली–भोली भन्दै टारेको, समाचारदातालाई समाचार लेख्न लागउँने मालिकले भने रकमको डिल गर्ने र पैसा असुल्ने तर, समाचार तयार गर्नेलाई कुनै पनि कुरा थाहा नहुने जस्ता विषयहरु उठेका थिए ।

यस्तै, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले पत्रकारले काम गर्ने मिडियाबाट नियुक्ति पत्र र न्युनतम पारिश्रमिक अनिवार्य लिएर मात्रै काम थाल्नु पर्ने बताइन् ।