हुम्लामा म्यादी प्रहरीको मृत्यु

हुम्ला – सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ। सिमकोट माथिल्लो बजारस्थित एक कोठामा म्यादी प्रहरीको मृत अवस्थामा भेटिएका छन् ।
सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी कृष्णराज ओझाले पुष्टि गरे । हुम्लाको सर्केगाड गाउँपालिका–६ घर भई सिमकोटमा बस्दै आएका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको हुम्ला प्रहरी प्रमुख ओझाले बताए । मृत्युको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान थालिएको प्रहरी प्रमुख ओझाले बताए। भूपू प्रहरी हवल्दार रहेका मृतक म्यादी प्रहरी रोकाया सिमकोट गाउँपालिका–२ को रामदेव मावि मतदान केन्द्रमा खटिएका थिए । साभार कान्तिपुर दैनिक







परिवर्तन संवाददाता
१६ बैशाख २०७९, शुक्रबार ०८:१७