युक्रेनसँगको युद्धमा १० लाख मानिसको उद्धार गरेको रुसको दाबी

Ðîññèÿ. Ìîñêâà. Ìèíèñòð èíîñòðàííûõ äåë ÐÔ Ñåðãåé Ëàâðîâ âî âðåìÿ ïðåññ-êîíôåðåíöèè ïî èòîãàì âñòðå÷è ñ ìèíèñòðîì èíîñòðàííûõ äåë Ñèðèè Ôåéñàëîì Ìèêäàäîì â Äîìå ïðèåìîâ ÌÈÄ ÐÔ íà Ñïèðèäîíîâêå. Ïðåññ-ñëóæáà ÌÈÄ ÐÔ/ÒÀÑÑ
रुसले युक्रेनसँगको युद्धका क्रममा १० लाखभन्दा धेरै मानिसको उद्धार गरेको दाबी गरेको छ ।
रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले गएको फेब्रुअरी २४ यता युक्रेनबाट १० लाख मानिसलाई उद्धार गरिएको दाबी गर्नुभयो ।
रुसले युक्रेनी नागरिकलाई इच्छाविपरीत सीमापारि लगिरहेको युक्रेनको आरोप छ ।
चिनियाँ सरकारी सञ्चार माध्यमसँगको अन्तर्वार्तामा विदेशमन्त्री लाभ्रोभले उद्धार गरिएकामध्ये एक लाख २० हजार विदेशी नागरिक रहेको बताउनुभयो ।
उहाँले युक्रेनसँगको द्वन्द्वको समाधान वार्ता मार्फत् खोज्ने प्रयासमा पश्चिमी सैन्य गठबन्धन नेटो बाधक रहेको आरोप पनि लगाउनुभयो ।
तर युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताका लागि अझै पनि तयार रहेको प्रतिक्रिया दिनुभएको छ ।







परिवर्तन संवाददाता
१७ बैशाख २०७९, शनिबार २०:२८