Loading... आजः २०८२ पुष ४, शुक्रबार

एमाले दैलेखका उपसचिव गङ्गा राम दाहाल द्धार पदबाट राजीनामा

सुर्खेत –  नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखका उपसचिव गङ्गा राम दाहालले पदबाट राजीनामा दिएका छन्। गत स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पराजित भएको भन्दै दाहालले पदबाट राजीनामा दिएका हुन्।

उनले आज ९सोमबार०एक विज्ञप्ति जारी गर्दै स्थानीय चुनावमा पार्टी पराजित भएको र त्यसको छानबिनमा अफ्ठेरो नहोस् भन्दै नैतिक हिसाबले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। उपसचिव दाहाल दुल्लु नगरपालिकाका हुन्।

दाहालले पार्टीभित्रकै अराजक र प्रणाली विरोधी झुण्डहरूले निर्वाचन हार्नुको कारण भन्दा पनि व्यक्तिगत चरित्र हत्या गरी भोलिको निर्वाचनमा निषेध गर्नका लागि ‘प्रपञ्च’ रचिएको विज्ञप्तिमा भनेका छन्।

उनले दुल्लु नगर कमिटीले बनाएको छानबिन समितिलाई विधिभित्र रही स्वच्छ, निष्पक्ष छानबिन गर्न विधि र प्रक्रियाले अफ्ठेरो नहोस् भनी पार्टीको जिम्मेवारीमा नरहने गरी राजीनामा पेस गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुल्लु नगरपालिका मेयर पदमा एमालेका उम्मेदवार पराजित भएका थिए। एमाले दुल्लुले पार्टी पराजित हुनुको कारण पार्टी भित्रका नेताहरूले अन्तर्घात गरेको भन्दै छानबिन समिति समेत बनाएको छ।

दुल्लु नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार रुद्रबहादुर शाही कांग्रेसका उम्मेदवार भरत रिजालसँग १३३ मत अन्तरले पराजित भएका थिए। मेयरमा विजयी कांग्रेसका भरत रिजालले ७ हजार ७२५ मत ल्याएका थिए। एमालेका रुद्रबहादुर शाहीले ७ हजार ५९२ मत प्राप्त गरेका थिए।