Loading... आजः २०८२ कार्तिक ३०, शनिबार

समाजसेवि चन्द को आर्थिक सहयोगमा राहत सामग्री वितरण

दैलेख – नौमुले गाउँपालिका वडा नं ६ सल्लेरी  निवासी समाजसेवी मानेन्द्र चन्दले वर्षाको समयमा बाढीपहिरो र चट्याङ बाट पिडित हरुलाई राहत सामग्री उपलब्ध गराएका छन ।

हाल अमेरीका बस्दै आएका उनले पीडितहरुका लागी केहि सहयोग पुर्याउने उद्देश्यका साथ सहयोग स्वरुप उक्त राहत सामग्री उपलब्ध गरिएको बताएका छन।

विदेशमा रहेर पनि आफ्नो गाउँघरमा अप्ठ्यारो पर्दा सधैं खुलेर सहयोग गर्ने समाजसेवी मानेन्द्र चन्दको वडा नं ५ का वडा अध्यक्ष कृष्ण सलामीले उच्च प्रसंशा गरेका छन ।

समाजसेवि मानेन्द्र चन्द का बुबा तुल बहादुर चन्द को हातबाट उक्त राहतसामाग्री वितरण गरिएको थियो । छोराले पठाएको उक्तराहत सामाग्री आफ्नै हातबाट दिन पाउदा निकै खुसि लागेको बुवा तुल बहादुरको भनाई थियो ।

उता पिडित हरुले पनि समाजसेवि चन्दको उदार हृदयका कारण आफुहरुलाई धेरै सहयोग पुगेको प्रतिक्रिया दिदै धन्यबाद ब्यक्त गरेका किसोर सुबेदीले बताएका छन ।समाजसेवि चन्दले कोरोना महामारीको समयमा पनि स्वास्थ्य सामाग्री लगायत नौमुले गाउँपालिका भित्रका अति विपन्न असहाय हरुलाई समस्या पर्दा सहयोग गर्दै आएका थिए ।