Loading... आजः २०८१ जेष्ठ ६, आईतवार

आज पनि सार्वजनिक बिदा : सरकारी कार्यालय सोमवार मात्रै

काठमाण्डौ – सरकारले आज शुक्रवार पनि सार्वजनिक बिदा दिएको छ ।

कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट आज पनि कायम राखिएको हो ।

सरकारले आज तिहार पर्वकै रुपमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

योसहित यसपटक सरकारले तिहारमा पाँच दिन बिदा दिएको छ । भोलि शनिवारको बिदा र पर्सि छठ पर्वको अवसरमा सार्वजनिक बिदा भएकाले अब सरकारी कार्यालयहरु सोमवार मात्रै खुल्नेछन्।

उज्यालो अनलाईन बाट