Loading... आजः २०८० आश्विन ५, शुक्रबार

जुम्लामा सेनाको हेलिकोप्ट बाट निर्वाचन सामग्री पठाउन सुरु

जुम्ला – नेपाली सेनाको हेलिकोप्टरले जुम्लामा मतपत्र लगायत निर्वाचन सामग्री पठाउन सुरु गरेकोछ।
निर्वाचन आयोगले सुर्खेतबाट जुम्लाका लागि हेलिकोप्टरले मतपत्रलगायतका सामग्री ओसार्न थालेको हो।

नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार बुधबार दुई पटक नेपाली सेनाको ९एनए ०५५ इसियू(इक्विेरल० हेलिकप्टरले मतपत्र ल्याइरहेको बताए। उनका अनुसार कर्णाली राजमार्गबाट यतिवेला ठूला गाडी जान सक्ने अवस्था नरहेकाले हेलिकप्टरबाट मतपत्र लिनुपरेको हो।

काठमाडौंबाट सुर्खेत गाडीमा आएको र सुर्खेतबाट हेलिमा जुम्ला ओसार्ने काम शुरु भइरहेको छ।
स्थानीय तहको निर्वाचनमा ठूलो ट्रकमा ल्याएका थियो तर यस पटक बाटो साघुँरो भएकाले हेलिमा ल्याउनु परेको हो।

जुम्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमले निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हेलिकप्टरमा समानुपातिकतर्फको १ लाख ५१ हजार मतपत्र जुम्ला आइसकेको बताए।

उनका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको ७७ हजार र प्रदेशसभाको समानुपातिकतर्फको ७४ हजार मतपत्र जुम्ला ल्याई सकिएको छ। अब समानुपातिकतर्फको ४ हजार मतपत्र मात्र आउन बाँकी छ। उनले बाँकी मतपत्र बिहीबार ल्याइनेछ।

जुम्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि ७६ हजार मतपत्र र प्रदेशसभा ९क० का लागि ४१ हजार तथा प्रदेशसभा ९ख० का लागि ३६ हजार मतपत्र माग गरिएको छ।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जुम्लामा आगामी मंसिर ४ गते हुने निर्वाचनमा मतदाताको संख्या ६८ हजार ६३८ रहेको बताए। उनका अनुसार जसमा प्रदेश ९क० मा ३६ हजार ७८३ र प्रदेश ९ख० मा ३१ हजार ८५५ रहेको छ।