Loading... आजः २०८१ बैशाख ७, शुक्रबार

नीति तथा कार्यक्रमले सुशासन, समृद्धि हासिल गर्ने उद्देश्य लिएको छ , प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्ने बताएका छन।

मङ्गलवार राष्ट्रिय सभाको बैठकमा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरे । उनले नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने उद्देश्य लिएको बताए । उहाँले नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रूपान्तरणका नवीन सोच र कार्यक्रमहरू सोचिएको पनि बताए।

प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको उल्लेख गर्नुभयो । विगतका राम्रा कार्यक्रमलाई निरन्तरता दिएकै आधारमा परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्कसङ्गत नहुने जिकिर गर्नुभयो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको भएको उनको दाबी छ ।

उनले भने ‘प्रस्तुत नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने उद्देश्य लिएको छ । यसमा आर्थिक, सामाजिक रूपान्तरणका नवीन सोच र कार्यक्रमहरू सोचिएका छन् । यसमा विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता पनि दिइएको छ । त्यसकै आधारमा मात्रै यसलाई परम्परागत भन्ने हलुका टिप्पणी गर्नु तर्कसङ्गत हुँदैन । किनभने यो नीति तथा कार्यक्रममा थुप्रै नयाँ कार्यक्रम पनि छन् ।’

प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममा नयाँ र पुराना योजनाहरूको सन्तुलन मिलेको दाबी गरेका छन ।