Loading... आजः २०८१ असार ६, बुधबार

झोलुङ्गे पुलमा फसेका २ खच्चड को मृत्यु, बाँकीको उद्धार

सुर्खेत- कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चड मध्ये २ वटाको मृत्यु, बाँकी को उद्धार गरिएको छ ।आइतबार बिहान पुलको लट्ठा चुँडिएर अड्केका खच्चडको पुलको तार काटेर उद्धार गरिएको हो ।

दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालका अनुसार पुलको तार काटेर नदीमा खच्चड झार्दै उद्धार गरिएको हो ।
उद्धारका लागि धेरै समय लाग्ने हुँदा खच्चडलाई नदीमा खसालेर उद्धार गरिएको हो।

उद्धारका लागि अछाम र दैलेखका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र स्थानीय खटिएका थिए ।