Loading... आजः २०८१ बैशाख १३, बिहीबार

चीनमा ग्यास विस्फोटबाट १२ जनाको मृत्यु

घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल

चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास विस्फोटनमा परेर कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन्।

स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ। खोज तथा उद्धार अधिकारीहरूले दिउँसो १२ बजेसम्ममा विस्फोटस्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन्।

शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६.३० बजे उक्त विस्फोट भएको थियो। विस्फोट हुँदा स्थानीयबासीबीच भागदौड मच्चिएको थियो। खोज तथा उद्धार कार्य जारी रहेकाले उक्त घटनामा के कति व्यक्ति हताहत भए भन्ने एकिन भइ नसकेको पनि अधिकारीहरुले बताएका छन्।