संसद् विघटनविरुद्धको मुद्दामा राय दिन सर्वोच्च अदालत बार एसोसिएसनद्धारा दुई जना वरिष्ठ अधिवक्तालाई सिफारिस

काठमाण्डौ – सर्वोच्च अदालत बार एसोसिएशनले वरिष्ठ अधिवक्ताहरु कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरी अदालतका सहयोगी का रुपमा सिफारिस गरेको छ । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च बारले घिमिरे र केसीको नाम सिफारिस गरेको हो ।
मङ्गलवार बसेको सर्वोच्च बारको कार्यसमिति बैठकले कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीको नाम एमिकस क्युरीका रुपमा सिफारिस गरिएको बारका सचिव ऋषिराम घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएकाछन ।
सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनबाट दुईदुई जना एमिकस क्युरी माग गरेको थियो ।
गएको जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यससम्बन्धी सर्वोच्चमा परेको मुद्दा विचाराधीन छ ।







परिवर्तन संवाददाता
१ असार २०७८, मंगलवार १९:३७