समयमै उद्धार हुन नसक्दा हुम्लामा कोरोना संक्रमितको मृत्यु

हुम्ला – समयमै उद्धार हुननसक्दा हुम्लामा कोरोना संक्रमितको मृत्यु भएको छ ।
खराब मौसम का कारण समयमा हेलीकप्टर जान नसक्दा एक जना कोरोना संक्रमीतकोे मृत्यु भएको हो ।
हुम्ला जिल्ला चन्खेली गाउँ पालिका वडा नम्बर ३ मेखला निवासी बर्ष ५२ का हइत रोकायाको आज (मंगलबार_ थप उपचारका लागि हेलीकप्टर कुर्दाकुर्दै ज्यान गएको छ ।
कोभिड १९ पोजेटिभ भै बिगत ३ दिन देखि इलाका स्वास्थ कार्यलय मिमिमा उपचार गराई रहेका रोकायाको एकासी अक्सिजन लेभल ६० मा झरि स्वास फेर्न गाह्रो भै तत्काल उद्दार को लागि जिल्ला स्वास्थ कार्यलय हुम्ला को पहलमा हेलिकप्टरको बन्धोबस्त गरिएको भएपनि तिन दिन देखिको लगातार बर्षाका कारण कााठमाडौंबाट हेलीकप्टर उड्न नसक्दा मंगलबारे दिउँसो ४ बजे रोकायाको निधनको भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए ।
कोरोना संक्रमणको कारण हिमाली जिल्ला हुम्लामा रोकायासहित २ जनाको मृत्यु भएको छ । यस अघि कोरोना संङ्क्रमित सर्केगार्ड गाउँपालिका वडा नम्बर २ को रिप गाउँका स्थानीय ५५ वर्षका टोप्ले कामीको थप उपचारका लागि जिल्ला अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियोे ।
हुम्लाका स्थानीय तहहरुमा अक्सिजन अभाब हुदा स्वास्थ्य चौकीमा अक्सीजन दिने अवस्था नभएका कारण २ जनाकोे ज्यान गएको छ । यदि मौषम खराब नभएर समयमै हेलिकप्टर आउन सकेको भए रोकायालाई बचाउन सकिने प्रमुख सिंहले बताए ।







परिवर्तन संवाददाता
१ असार २०७८, मंगलवार २०:०१