Loading... आजः २०८१ बैशाख ४, मंगलवार

भ्याकेट निवेदनले नेपाल पक्ष सशंकित, पार्टी एक ढिक्का राख्न ओलीले नचाहेको प्राध्यापक भनाइ

काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला गतिविधिहरु पार्टी एकता भंग गर्ने दिशामा लग्न खोजिएको आरोप लगाएका छन्।

कर्णाली प्रदेशमा सांसदहरुमाथि गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझिने नेपालले आरोप लगाएका हुन्।

‘संसद्हरुमाथि विधान विपरित गरिएको कारबाही, स्थायी समितिका नेतामाथि कथित कारबाही,  फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो’ नेता नेपालले सामाजिक संजालमा लेखेका छन्,‘जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।’

अध्यक्ष ओलीले सत्ता जोगाउन संविधानका विरोधी  र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकता विराेधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ भन्ने सहजै देख्न सकिने बताएका छन्।

असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसँग सावधान हुन पनि उनले सबैको ध्यानाकर्षण गराएका छन्।