आज थप २ हजार १ सय ६९ जनामा कोरोना पुष्टि,२२ जनाको ज्यान गयो

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार एक सय ६९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ६ हजार पाँच सय ३० जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय ५३ जना र तीन हजार आठ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय १६ जना गरी दुई हजार एक सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ५४ हजार दुई सय १२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४३ हजार ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै २४ घण्टामा एक हजार चार सय ३२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख १८ हजार तीन सय ६१ जना पुगेको छ ।
यस्तै थप २२ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार तीन सय ६२ जना पुगेको छ ।
अहिले नेपालमा २६ हजार चार सय ८९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।







परिवर्तन संवाददाता
२६ असार २०७८, शनिबार १७:१४