मध्यपहाडि लोकमार्गमा सुख्खा पहिरो ; दुई जना घाईते एक जनाको अबस्था गम्भिर

कृष्ण शर्मा सुर्खेत । मध्यपहाडि लोकमार्गमा सुख्खा पहिरो जाँदा दुई जना घाईते भएका छन भने एक जनाको अबस्था गम्भिर रहेको छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ को खरखरेमा आज सुख्खा पहिरो सुख्खा पहिरो गएको हो । पिपलनेटा–माछिमि सडकखण्डको खरखरेमा आज सुख्खा पहिरो जाँदा दुई जना घाईते भएका हुन् ।
घाईते मध्य एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार उनीहरु खलंगा बजार जाँदै गरेका थिए, घाईते हुनेहरुमा सानीभेरी गाउँपालिका वडा नम्बर ११ बर्ष ५५ की देउपुरा खड्का र मुसिकोट नगरपालिका वडा नम्बर ३ माछिमिका बर्ष ५० का लाल बहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्मिले जानकारी दिएको छ ।
घाईते मध्ये लाल बहादुर खत्री को अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभएको छ । खत्रीलाई थप उपचारको लागि जिल्ला बाहिर लिने तयारी भैईरहेको छ ।







परिवर्तन संवाददाता
२१ श्रावण २०७८, बिहीबार १८:३७