(माओवादी केन्द्र) दैलेखको चौथो जिल्ला कमिटि बैठक सम्पन्न

कृष्ण शर्मा सुर्खेत– नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र) दैलेखको चौथो जिल्ला कमिटिको बैठक सम्पन्न भएको छ ।
शनिवार आज पार्टिकार्यालयमा बसेको बैठकमा पार्टिको आगामि कार्य दिशा नयाँ रणनिति ,संगठन परिचालन तथा सुद्धिकरण र सुदृढिकरण का सन्दर्भमा वृहत छलफल गरि सम्पन्न भएको जिल्ला पार्टि संयोजक प्रेम कटुवालले जानकारि दिएका छन ।
बैठकका क्रममा बोल्दै प्रमुख अतिथि कर्णाली प्रदश कमिटि संयोजक एवम राष्ट्रिय शभा सदस्य माया प्रसाद शर्मा (पारसमणि)ले बैठकमा आफ्नो धारणा राख्दै एम.सि.सि अहिलेको अवस्थामा पास नहुने र यहि नै आफ्नो पार्टिको स्पष्ट धारणा भएको बताएका छन ।
सोहि क्रममा कर्णली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रि गोपाल शर्माले आफु अर्थमन्त्रि भएपछि घाइते परिवारलाई मासिक रु २००० दिने, सहिद परिवारका विद्यार्थीलाई स्नातकसम्म पढाउने ,असहाय सहिद परिवार र घाइतेलाई संरक्षणको लागि घर बनाउने आदि कार्यक्रम हरु ल्याएको बताउदै अर्थमन्त्री शर्माले शहिद तथा घाइते अपाङ्ग र वेपत्ता परिवारलाई केन्द्रित गरि सहयोगका लागि थप पहल लिने बताएका छन ।
बैठका क्रममा नेता हरुले आ–आफ्नो स्थानियतहको रिर्पोटिङ्ग समेत गर्नु भएको संयोजक कटुवालले बताएका छन ।
बैठकमा प्रेस सेन्टरको तर्फबाट नेपाल पत्रकार महासङ्घ जिल्ला दैलेखमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान समेत गरिएको छ ।
.







परिवर्तन संवाददाता
२३ श्रावण २०७८, शनिबार २०:०५