सल्यानमा खोलाले बगाउँदा बालकको ज्यान गयो
आमा दिलसरा वली घाइते

सल्यान – सल्यानमा खोलाले बगाउँदा एक बालकको ज्यान गएको छ ।
सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे जारढुङ्गाका १२ वर्षीय बालक ओमकार वलीको ज्यान गएको हो । खोलाले बगाउँदा बालककी ३२ वर्षीया आमा दिलसरा वली घाइते भएकि छन ।
शनिवार बेलुका गोठालोबाट घर फर्किँदै गर्दा गोगनपानीमा चोरपाटा खोलाले आमा र छोरा दुवै जनालाई बगाएको थियो ।
३० मिटर तलसम्म बगेर आमा बच्न सफल हुनुभएको थियो । ओमकारको शव ४ सय मिटर तल भेटिएको छत्रेश्वरी गाउँपालिका(४ का वडाअध्यक्ष नेवबहादुर खड्काले बताउनुभयो ।
दिलसराको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।







परिवर्तन संवाददाता
२४ श्रावण २०७८, आईतवार १४:४५