Loading... आजः २०८३ बैशाख ५, शनिबार

सल्यान एकै आर्थिक वर्षमा ३६ करोड ५३ लाख रुपैयाँको अदुवा निकासी

अदुवा खेतीतर्फ किसानहरूलाई आकर्षित

 

कृष्ण शर्मा । सुर्खेत – गत आर्थिक वर्षमा मात्र सल्यान जिल्लाले साढे ३६ करोड रुपैयाँको अदुवा निकासी गरेको छ ।

कृषि विकास कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा अदुवा बिक्री गरेर ३६ करोड ५३ लाख रुपैयाँ जिल्ला भित्रिएको छ।

जिल्लाबाट १५ हजार २७२ मेट्रिकटन अदुवा निकासी भएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण जोन कार्यक्रम र कृषि विकास कार्यालयले विभिन्न ब्लक कार्यक्रममार्फत अदुवा खेतीतर्फ किसानहरूलाई आकर्षित गर्दै आइरहेको उनको भनाइ छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमले अदुवा उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको भएपनि जिल्लामा भने अदुवा उत्पादन वर्षेनी घट्दै गएको छ।

अदुवाको बजार मूल्य स्थिर नहुँदा व्यवसायिक अदुवाखेती गर्दै आइरहेका किसान विस्तारै विस्थापित हुन थालेका छन्। बजारमा लगानीअनुसार मूल्य पाउन छाडेपछि अदुवा थोरैमात्र उत्पादन गर्ने गरेको किसानहरुको भनाई छ ।

आर्थिक वर्ष २०७५र०७६ मा २०९० हेक्टर क्षेत्रफलमा अदुवा लगाएकोमा २८ हजार ३९२ मेटिक्टन मात्र उत्पादन भएको छ। यस्तै, आर्थिक वर्ष २०७६र०७७ मा १ हजार ७२० हेक्टर क्षेत्रफलमा २५ हजार ८०० मेटिक्टन मात्र अदुवा उत्पादन भएको छ।