Loading... आजः २०८३ बैशाख ५, शनिबार

श्रृखलाबद्ध आक्रमण भएकोभन्दै दोषीलई कडा कार्बाही गर्न मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिको माग

आन्दोलन गर्न लगानी गरेको आरोप

कृष्ण शर्मा सुर्खेत । –  मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले आफूमाथि श्रृखलाबद्ध रुपमा आक्रमण भईरहेको भन्दै असुरक्षा बढेको बताएका छन् ।

उपकुलपति सिंहले आफ्नो व्यक्तिगत र संस्थागत जीवनप्रतिलक्षित गर्दै श्रृंखलाबद्ध रूपमा आक्रमण हुनु निन्दनीय र अपराधिक मानसिकताको पराकाष्ठा भएको बताए।

साउन १३ गते उपकुलपतिको निजी निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोड गरिनु तथा उपकुलपतिको आवाज एनिमेसन गरी अतिरंजित प्रचार गरिनु लगातारको आक्रमण भएको उनले बताए । त्यसकै कडिका रुपमा पछिल्लो मृत्युको हल्ला भएको उनको भनाई छ ।
विश्वविद्यालयमा सुधारका कामहरु भईरहेकोले विश्वविद्यालय र आफूमाथि निरन्तर आक्रमण भईरहेको उनको आरोप छ ।
आईतवार पत्रकार सम्मेलन गर्दै सिंहले विश्वविद्यालयको लेटरप्याडको दुरुपयोग गर्दै आफ्नो मृत्युकोसमेत दुष्प्रचार गरिएको भन्दै त्यो अक्षम्य भएको बताए ।

विश्वविद्यालयको लेटरप्याडको दुरुपयोग गर्दै परिक्षा व्यवस्थापन कार्यालय र विश्वविद्यालयको नाममा प्रेसविज्ञप्ति जारी गर्नेका विरुद्ध जिल्ला प्रहरी कार्यालय मार्फत साईबर अपराध सम्बन्धि दुईवटा मुद्दा दर्ता भएको पनि उनले जानकारी दिए ।

‘हामीले दुईवटा मुद्दा हालेका छौं, हामीलाई दोषीलाई कार्बाही हुन्छ भन्ने विश्वास लिएका छौ उनले भने, ‘राजनैतिक दलहरुले पनि अपराधिक गतिबिधि गर्नेहरुलाई संरक्षण नगर्न आग्रह गर्दछु ।’

उनले छापामार शैलीमा आफ्नो निवासमा आक्रमण गर्नेहरुलाई माग गर्दा पनि प्रशासनले कार्बाही नगरेको गुनासो गरे ।
‘हामीले निजि निवासमा छापामार शैलीमा आक्रमण गर्नेहरुलाई कार्बाहीकोमाग गरेका थियौं’, उनले भने, ‘प्रशासनले किन कार्बाही गरेन ?’
‘साउन २३ गते विश्वविद्यालयको लेटरप्याड, छाप र प्रशासन अधिकृतको हस्ताक्षर समेत दुरुपयोग गरी सुनियोजित तरिकाले सामाजिक सञ्जालमार्फत मेरो मृत्यु भएको कुप्रचार अत्यन्तै निन्दनीय अपराधिक र अक्षम्य छ’, उनले भने, ‘यस्तो कार्यको विश्वविद्यालय परिवार घोर निन्दा र भत्र्सना गर्दछ ।

उनले अपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याई कडा सजाय दिन सम्बन्धित निकायसमक्ष जोडदार माग समेत गरे ।

उपकुलपति डा. सिंहले आन्दोलनरत विद्यार्थी र प्राध्यापकहरुलाई वार्ता मार्फत समस्या समाधान गर्न आग्रह गर् ।
‘वार्ता मार्फत पुरा गर्न सकिने मागका बारेमा छलफल गरौं, म भन्छु बाँकी मागलाइ सम्मानित न्यायलयमा लैजाउ’, उनले भने, ‘बाहिर निजि विद्यालय चलाउनलेहरुको पछि लागेर विश्वविद्यालयमा आन्दोलन नगरौं ।

उनले बाहिर निजि बिद्यालय संचालन गर्नेहरुले विश्वविद्यालयमा आन्दोलन गर्न लगानी गरेको आरोप समेत लगाए ।