Loading... आजः २०८३ बैशाख ५, शनिबार

आगोले जलेर जुम्लामा एक जनाकाे ज्यान गयाे

जुम्ला- जुम्लामा आगोले जलेर एक जनाको ज्यान गएको छ। आगोले जलेर तातोपानी गाउँपालिका–४ गिरिखोलाका २६ वर्षीय गोविन्द रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन ।

आगो ताप्दै गर्दा शरीरमा सल्किएपछि घाइते भएका रोकायाको उपचारका क्रममा ज्यान गएको प्रहरी उपरीक्षक चन्दको भनाई छ । बिहीवार दिउँसो ५ बजेतिर रोकाया गाउँ नजिकको रानीजङ्गलमा बाख्रा चराउन गएका थिय ।

चिसोका कारण आगो बालेर ताप्ने क्रममा शरीरमा आगो लागेपछि रोकाया चिच्चाएपछि अन्य व्यक्तिले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर पुगेपछि रोकायलाई उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो ।