Loading... आजः २०८३ बैशाख ५, शनिबार

साझा घरलाई खाद्यान्न र सेनेटरी प्याड सहयोग

सुर्खेत- सुर्खेत महिला जेसीजले प्रजातन्त्र दिवसको अवसर पारेर वीरेन्द्रनगरको साझा घरमा खाद्यान्न तथा सेनिटरी प्याड वितरण गरेको छ । सुर्खेत महिला जेसीज वर्ष २०२२ का अध्यक्ष मनिषा कौशलको अध्यक्षतामा साझा घरमा आयोजित कार्यक्रममा खाद्यान्न र प्याड वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् सन् २०१५ का अध्यक्ष सुष्मा गिरीले विभिन्न सामाजिक काममा महिला जेसीजले उत्कृष्ट काम गर्दै आएको बताइन् । अध्यक्ष कौशलले साझा घरको आश्रयमा रहेकाहरुका लागि खाद्यान्नका साथै महिला तथा किशोरीहरुका लागि सेनेटरी प्याड वितरण गरिएको बताइन् । उक्त कार्यक्रमको संयोजन कार्यकारीणी उपाध्यक्ष सीता भण्डारीले गरेकी थिइन् भने सञ्चालन मिना गुरुङले गरेकी थिइन् ।