Loading... आजः २०८३ बैशाख ५, शनिबार

२६२ जना संक्रमित थपिए, आज ४ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घन्टामा देशभरि २ सय ६२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार ५ सय ७२ पिसिआर परीक्षण गर्दा २ सय २९ जना र ३ हजार २ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जना गरी २ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो।

आज ४ जना संक्रमितको मृत्यु भएको छ भने १ हजार ३ सय ३८ जना संक्रमणमुक्त भएका छन्। हाल देशभरि कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४४ रहेको छ।

नेपालमा हाल कोरोना संक्रमण दर घटेर ६ दशमलव ४ प्रतिशतमा झरेको मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जनाएकी छन्। उनले संक्रमण दर कम भए पनि जोखिम भने कायमै रहेको भन्दै सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिन्।