Loading... आजः २०८३ बैशाख ५, शनिबार

एमसीसी खारेजीको माग राख्दै सुर्खेतमा पनि प्रदर्शन

सुर्खेत –अमेरिकी मिलेनियम च्यालेन्ज कर्पेरिसन (एमसीसी) खारेजीको माग राख्दै सुर्खेतमा पनि प्रदर्शन गरिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपासहित जनमोर्चा लगायका राजनीतिक दलहरुले एमसीसी खारेजी गर्नु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा धर्ना दिएका हुन् ।

एमसीसी पास भएमा असंलग्न परराष्ट्र विपरित हुने र स्वतन्त्र राष्ट्रको पहिचान बनाएको नेपालको अस्तित्व समाप्त हुने तर्क राजनीतिक अगुवाहरुले गरेका छन् । नेपालको हितविपरित एमसीसी दीर्घकालिन महत्वको परियोजना नभएको राष्ट्रिय जनमोर्चा सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदीले बताए ।

तर एमसीसी खारेज भयो वा प्रावधान लागहुँदा नेपालको राष्ट्रिय कानून प्यासिक हुने र अमेरिकी कानून अन्तरगत रक्षा, प्रशासनको काम प्रभावित हुने नेकपा सुर्खेतका ईन्चार्ज एटम विसीले उल्लेख गरे । वीरेन्द्रनगरको मंगलगढी चोकबाट शुरु गरिएको विरोधसहितको ¥याली जिल्ला प्रशासन कार्यालय अघि पुगेर प्रदर्शन गरिएको हो । प्रशासन अघि केही बेर प्रदर्शनकारी र प्रहरीविच धकेलाधकेल समेत भएको थियो ।