सडक र पुलको काममा तीव्रता दिन मन्त्री रोकायाको निर्देशन

वीरेन्द्रनगर नगरपालिका १२ र १३ जोड्ने निर्माणाधीन नेवारेखोला पुल तथा ४ स्थित निर्माणाधीन सडकको अनुगमनको क्रममा उनले आइतबार निर्माण व्यवसायीलाई जतिसक्दो चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको हो । विसं २०७६ असार ३१ मा सम्झौता भई रु दुई करोड ३७ लाख बजेटमा निर्माण कार्य सुरु भएको नेवारे खोला पुल आयोजनाको उनले स्थलगत अनुगमन गरे ।
त्यसैगरी, मन्त्री रोकायले रु दुई करोड ७४ लाख बजेटमा निर्माण भइरहेको प्रदेश राजधानी वीरेन्द्रनगर प्लानिङ क्षेत्र सहरी सडक आयोजनाको पनि स्थलगत अनुगमन गरेर तोकिएको समयमै काम गर्न निर्माण व्यवसायी मजदुर कन्स्टक्सन सुर्खेतलाई निर्देशन दिएका थिए। निर्माणका लागि विसं २०७६ पुस २० गते सम्झौता गरी विसं २०७७ माघ १७ मा सम्पन्न गर्ने उक्त आयोजनाको काममा ढिलाइ हुँदा विसं २०७८ चैत मसान्तसम्म म्याद थप गरिएको इञ्जिनियर शाहीले बताए ।
इञ्जिनियर शाहीका अनुसार प्रदेश सरकारअन्तर्गत कालुञ्चोक–रत्न राजमार्ग, साहारा भाडापसल–रातोपुल–एरिचोक सडक, रत्न राजमार्ग–हटलाइन र मसुरी खेतसम्को सडक निर्माण कार्य तीव्ररुपमा अघि बढिरहेको छ ।







परिवर्तन संवाददाता
९ फाल्गुन २०७८, सोमबार १०:३१