एमसीसीको विरोधमा प्रहरीले दमन गर्यो, घाइतेको उपचार गर्न माग गर्छु : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीबाट भएको दमनको विरोध गरेका छन्। उनले संसदमा पेश भएको एमसीसीको विरोध र समर्थन जे पनि हुने अधिकार रहेको भन्दै यसो गर्नु लोकतान्त्रिक अधिकार रहेको बताए।
उनले विरोधका क्रममा घाइते भएकाहरुको उपचार गर्न सरकारसँग माग गरेका छन्।
साथै उनले असहमति र विरोधकाबीच एमसीसी संसदमा टेबुल भएको जिकिर गरेका छन्। आइतबार बिहान बसेको सत्तारुढ गठबन्धन बैठकमा एमसीसी टेबल गर्ने सहमति गरेर फर्किएका नेपालले एमसीसी असहमति र अवरोधकाबीच टेबुल भएको बताए।
गठबन्धन सरकारको मुख्य घटकका रुपमा रहेको एकीकृत समाजवादी सरकारमा पनि रहने र सडकबाट सरकारको विरोध पनि गरिरहने दोहोरो भूमिकामा देखिएको छ।







परिवर्तन संवाददाता
९ फाल्गुन २०७८, सोमबार ०९:५४