Loading... आजः २०८३ बैशाख ४, शुक्रबार

कर्णालीका साना जलविद्युतको अवस्थाबारे मन्त्री सिंहको चासो

सुर्खेत : कर्णाली प्रदेशभर रहेका साना जलविद्युत् आयोजनाको अवस्थाबारे जानकारी दिन कर्णाली प्रदेशका जलस्रोत तथा विकासमन्त्री गणेशप्रसाद सिंहले निर्देशन दिएका छन्।

मन्त्रालयमा सोमबार भएको छलफलमा मन्त्री सिंहले कर्णाली विद्युतमा यथार्थ चित्रण गर्नका लागि यो निर्देशन दिएको बताए। कुन जिल्लामा कति विद्युतका आयोजना अलपत्र परेको, सञ्चालन भएको र निर्माणधीन रहेको बारेमा चासो लिँदै मन्त्री सिंहले हप्ता दिनभित्र त्यसको विवरण दिन आग्रह गरेका हुन्।

साना लगानीका जलविद्युत् योजना लामो समयसम्म निर्माण नहुने र निर्माण भएका पनि दिगो नहुने समस्या बल्झिरहेको अवस्थामा त्यसको समस्या समाधान गर्नका लागि मन्त्री सिंहले यो कदम चालका हुन्।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई तत्काल सो रिर्पोट पेश गर्न मन्त्री सिंहले निर्देशन दिएका हुन। त्यस्तै जगदुल्ला जलविद्युत् आयोजना बारेमा समेत छलफल भएको छ। आयोजनाका निर्मित प्रमुख सञ्जय सापकोटाले, मन्त्री सिंहलाई आयोजनाको प्रगति विवरणका विषयमा जानकारी गराएका थिए।

त्यस्तै, १० जिल्लाका विद्युत् प्राधिकरणका प्रमुख, खानेपानी तथा ऊर्जा विकास कार्यालयका प्रमुखसँगको छलफलसमेत सकिएको छ।