Loading... आजः २०८२ पुष ११, शुक्रबार

प्रधानमन्त्री देउवाले दिए फ्रान्सका राष्ट्रपतिलाई बधाई

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इमानुएल माक्रोँलाई दोस्रो पटक पनि राष्ट्रपतिमा जितको बधाई दिएका छन्। प्रधानमन्त्री देउवाले आज ट्विट गर्दै उनलाई फ्रान्सको राष्ट्रपतिमा पुनःनिर्वाचित भएकामा बधाई तथा शुभकामना दिएका हुन्।

प्रधानमन्त्री देउवाले फ्रान्सेली जनताले अर्को प्रजातान्त्रिक अभ्यास पूरा गरेको उल्लेख गर्दै नेपाल–फ्रान्स मैत्री र द्वीपक्षीय सम्बन्ध थप सुदृढ बनाउन मिलेर काम गर्न तत्पर रहेको बताएका छन्। राष्ट्रपति माक्रोँ अर्को कार्यकालका लागि निर्वाचित भएका हुन्।