Loading... आजः २०८१ बैशाख १८, मंगलवार

निर्माण व्यवसायीद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

सल्यान – नेपाल निर्माण व्यवसायी संघ सल्यानले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ।

निर्माण सामग्रीमा अप्रत्यासित र  अत्याधिक मूल्यबृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयमा बुधबार धर्ना दिएको हो।

अत्याधिक मूल्यबृद्धिमा म्याद थप, सार्वजनिक खरिद नियमावली २०६४ को एघारौँ संशोधनका केही प्रावधानमा भएको त्रुटी, बीमा निर्देशिका लगायतको विरोधमा शान्तिपूर्ण धर्ना गरिएको नेपाल निर्माण व्यवसायी संघ सल्यानका महासचिव जिमज्याङ राईले बताए।

सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको हुँदा देशभर शान्तिपूर्ण विरोधका कार्यक्रमहरु गरेको उनको भनाई छ।

अहिले निर्माण सामाग्रीमा भएको अत्याधिक मूल्य बृद्धि र पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिका कारण काम नै गर्न नसक्ने अवस्था आएपछि विरोध प्रदर्शनका कार्यक्रम अगाडि बढाइएको निर्माण व्यवसायी डिल्ली केसीले बताए।

अहिले सामान्य धर्नाका कार्यक्रम गरेको र यदि सरकारले सुनुवाई नगरेमा देशभर  विकास निर्माण कार्य ठप्प पारेर आन्दोलनका कार्यक्रम अगाडि बढाउने निर्माण व्यवसायी केसीको भनाई छ।