सुर्खेतको पञ्चपुरीमा माओवादी र एकीकृत समाजवादीबीच तालमेल
सुर्खेत – पञ्चपुरी नगरपालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । चुनावी तालमेतअनुसार माओवादी केन्द्रबाट प्रमुख र एकीकृत समाजवादीबाट उपप्रमुखको उम्मेदवारी रहेको छ ।
माओवादीबाट नगर प्रमुखमा केशव शाही, उपप्रमुखमा समाजवादीका कविता सोडारी उम्मेदवार छन् । नेपाली काँग्रेस र नेकपा एमाले एक्लाएक्लै चुनाव भिड्दैछन् । माओवादी र एकीकृत समाजवादीले वडा तहसम्म नै गठबन्धन भएको माओवादीका विद्यार्थी नेता जगत ढकालले जानकारी दिए ।
परिवर्तन संवाददाता
१४ बैशाख २०७९, बुधबार २०:२२