Loading... आजः २०८२ पुष ४, शुक्रबार

डीआईजी गणेशबहादुर ऐर आइतबारबाट अवकाशमा जाँदै

सुर्खेत – कर्णालीमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेशबहादुर ऐर आइतबारबाट अवकाशमा जाँदै छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलालाई सरुवा गरिएको छ ।

३० वर्षे सेवा अवधि पुरा गरेर वैशाख १८ मा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै उनी अवकाशमा जान लागेका हुन् । नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आइतबार अवकाशमा जाने उच्च प्रहरी अधिकारीहरुलाई विदाई कार्यक्रम राखिएको छ ।

स्थानीय तह निर्वाचनको नजिकिँदै गरेको अवस्थामा गृहमन्त्री बालकृष्ण खाणले बिहीबार बास्तोलालाई कर्णाली प्रदेशमा सरुवा गर्ने निर्णय गरेका हुन् । प्रदेशमा खटिने डीआईजी नभएको हुनाले वरिष्ठ उपरीक्षकलाई निर्वाचन अघि कर्णालीको सुरक्षा जिम्मेवारी दिइएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए ।