Loading... आजः २०८१ जेष्ठ ८, मंगलवार

गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यको उम्मेदवार

 

सुर्खेत – अघिल्लो चुनावमा नेकपा एमालेबाट जितेका दैलेखको भैरवी गाउँपालिका अध्यक्ष प्रेम बुढाले आसन्न स्थानीय निर्वाचनका लागि वडा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

वडा नम्बर ७ माथिल्लो कुसापानीमा उनी एमालेबाट वडासदस्यको लागि मैदानमा छन् । बुढाले अध्यक्षबाट राजीनामा गरेर सदस्यमा उम्मेदवारी दिएका हुन् ।
पालिका अध्यक्षमा दोहोरिने आकांक्षा गरे पनि एमालेले यसपटक सर्वराज महतारालाई अघि सारेको छ । त्यसपछि जिल्ला समन्वय समिति प्रमुखको तयारीसहित आफू सदस्यको उम्मेदवार बनेको बुढाले बताए ।

‘जिल्ला समन्वय समितिमा जाने योजना बनाएर मैले अहिले वडा सदस्यमा उम्मेदवारी दर्ता गरेको हो ।

उनले समन्वय प्रमुख भएर पनि धेरै काम गर्न सकिने बताउँदै त्यसैका लागि आफू निर्वाचनमा होमिएको बताए ।

दैलेखमा ११ ओटा पालिका रहेका छन् । यसअघि एमालेकै प्रेम थापा समन्वय प्रमुख बनेका थिए भने हाल ठाँटीकाँध गाउँपालिका अध्यक्षको उम्मेदवार बनेकी लक्ष्मीदेवी शाह उपप्रमुख छिन् ।  साभार नेपालप्रेस