Loading... आजः २०८१ जेष्ठ ९, बुधबार

धीरजप्रताप सिंहलाई आईजीपी बनाउने सरकारकाे निर्णय

विवाद हुनसक्ने आधार कायमै

 

काठमाडौं – सरकारले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको प्रमुख, महानिरिक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ। आइतबार बालुबाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी सिंहलाई आईजीपी बनाउने निर्णय गरेको हो।

हाल उनी अतिरिक्त महानिरिक्षकका रुपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत थिए। २०२४ मा कर्णाली प्रदेशको दैलेखमा जन्मिएका सिंह ११ चैत २०४९ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए।

हालका आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण १८ वैशाखमा अनिवार्य अवकाश पाउने भएपछि सरकारले सिंहलाई आईजीपीमा बढुवा गरेको हो। २९औं महानिरिक्षकका रुपमा आइतबारबाटै सिंहले प्रहरीको कमाण्ड सम्हाल्ने बताइएको छ। ३० वर्षे सेवा अवधिको नियम कायमै रहे उनले अब एक वर्ष प्रहरी संगठन चलाउनेछन् ।

सो पदका लागि सिंहसँगै अतिरिरक्त महानिरिक्षक विश्वराज पोखरेल, सहकुल थापा र रविद्र धानुक पनि प्रतिस्पर्धी थिए । प्रतिस्पर्धी मध्ये पोखरेललाई एक नम्बरमा गणना गरिदै आएको थियो।

क्रम मिचेर निर्णय गरिएकोले यो नियुक्ति पनि विवाद रहित भने रहन सक्ने देखिदैन। साभार थाहा खबर