Loading... आजः २०८२ पुष ६, आईतवार

असल शासन र जवाफदेहिताको पक्षमा ऐक्यवद्ध हुने

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले नगरपालिकाको प्रमुख पदमा आफु निवाचित भएमा असल शासन र जवाफदेहिताको पक्षमा ऐक्यवद्ध हुने बताएका हुन् । लक्षित वर्गलाई घरदैलामा सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै अधिकतम सेवाहरु वडा तहबाट प्रवाह गर्ने, हरेक महिनाको ७ गतेलाई कार्यपालिकाको बैठक अनिवार्य गरी त्यसको जानकारी नागरिकसम्म पु¥याउन ‘नगरप्रमुख–पत्रकार भेटघाट कार्यक्रम’ गर्ने उम्मेदवार खड्काको प्रतिवद्धता छ ।

यस्तै, सुशासनसहितको जवाफदेही नगरपालिका बनाउन नगरका प्रत्येक आयोजना तथा कार्यक्रमहरुको सामाजिक परिक्षण गर्ने, नागरिकबाट प्राप्त गुनासोको अभिलेखिकरण र कारबाहीको जानकारी लिन छुट्टे संयन्त्र निर्माण गर्नुका साथै जनप्रतिनिधि र नागरिक सम्मिलित अनुगमन संयन्त्र गठन गर्ने प्रतिवद्धता जनाइएको छ ।