Loading... आजः २०८२ पुष ४, शुक्रबार

आईजीपी नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा परेकाे मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आईजिपी) मा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णय विरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ। एआईजी विश्वराज पोखरेलले वरियता मिचेर कनिष्ठलाई बढुवा गरेको भन्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। न्यायाधीश पुष्पलता माथेमाको एकल इजलासमा रिटमाथि बुधबार प्रारम्भिक सुनुवाई सुरु भएको हो।

बहस नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको हो। पोखरेलले वरियता मिचेर गरिएको बढुवा बदर गर्न र न्याय निरुपण नभएसम्म आफूलाई कायममुकायम महानिरीक्षकका रुपमा काम गर्न दिनुपर्ने माग रिटमा गरेका छन्।

पोखरेलले ज्येष्ठता, कार्यसम्पदान मूल्यांकन, शैक्षिक योग्यता, तालिम, पुरस्कारलगायतका सबै आधारमा आफू अगाडि रहेको दाबी रिटमा गरेका छन्।

गत आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो। गृहसचिव टेकनारायण पाण्डेले सोमबार नै सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेसँगै उनले कार्यभार सम्हालिसकेका छन्।