भ्रममा नपरेर गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई मतदान गर्न उपसभापति खड्काकाे आग्रह

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कसैको भ्रममा नपरेर वठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका छन्। सुर्खेतमा आयोजित स्थानीय तह निर्वाचन २०७९ लक्षित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति खड्काले राष्ट्रिय हितलाई मध्यनजर गर्दै नेपाली काँग्रेसको नेतृत्वमा चुनावी गठबन्धन गरिएकाले गठबन्धनका विषयमा फैलाईएका भ्रममा नपर्न मतदाताहरुलाई आग्रह गरे।
सुर्खेतको भेरीगंगा नगरपालिकामा आयोजित चुनावी सभा सम्बोधन गर्दै उनले भने, ‘विकास गर्न र भईरहेका विकासका कामलाई निरन्तरता दिनका लागि गठबन्धनलाई जिताउनुहोस्, जहाँ चुनावी तालमेल भएको छ त्यहाँ गठबन्धनका आधिकारिक उम्मेदवारलाई भोट हाल्नुहोस्। जहाँ गठबन्धन बाहेक प्रतिस्पर्धा भएको छ त्यहाँ नेपाली काँग्रेसका उम्मेदवारहरुलाई भोट दिनुहोस्।’
सुर्खेतका सन्दर्भमा बोल्दै उनले भूमिहिनलाई लालपुर्जा वितरणको काम तिव्र गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरे। अहिले भेरीगंगा र गुर्भाकोट नगरपालिकाका भूमिहिनहरुलाई लालपुर्जा वितरण कार्य सुरु भईसकेकाले सबै भूमिहिनले लालपुर्जा नपाउँदासम्म यसको निरन्तरता रहने बताए। नेपाली रैवार







परिवर्तन संवाददाता
२५ बैशाख २०७९, आईतवार २०:२१