Loading... आजः २०८० आश्विन ५, शुक्रबार

नेपाल र जिम्बावे ‘ए’ बीचको तेस्रो एक दिवसीय क्रिकेट आज

 

काठमाडौं – नेपाल र जिम्बावे ‘ए’ बीचको तेस्रो एक दिवसीय क्रिकेट सोमबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यी दुई टोलीबीचको खेल बिहान साढे ९ बजे शुरु हुनेछ।

एक दिवसीयअन्तर्गत यसअघिका दुईमध्ये एक–एक खेलमा जित निकालेका दुवै टोली दोस्रो जितसहित सिरिज आफ्नो हातमा पार्ने लक्ष्यमा मैदानमा उत्रिँदैछन्।
शनिबार भएको खेलमा नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले पराजित गरेको थियो। त्यसअघिको खेलमा जिम्बावे ‘ए’ले नेपालविरुद्ध ३ विकेटको जित निकालेको थियो।

एक दिवसीयअघि नेपाल र जिम्बावे ‘ए’ बीच भएको तीन खेलको टी–ट्वेन्टी सिरिज एक–एकको बराबरीमा सकिएको थियो।