नवौँ एनभीए भलिबल च्याम्पियनसिपमा आज चार खेल हुँदै

नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज पनि चार खेल सञ्चालन हुने भएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हलमा बिहान १० बजे पुरुषतर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मणिमुकुन्द भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि दिउँसो १२ बजे डोरपाटन स्पोर्ट्स क्लब र खिल्जी युवा क्लब आमनेसामने हुनेछन्।
महिलातर्फ दिउँसो २ बजे नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच खेल हुने छ भने दिउँसो ४ बजे एभरेष्ट भलिबल क्लब र न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।
पुस १९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा महिलातर्फ ८ टोली र पुरुषतर्फ १२ टोलीले सहभागिता जनाएका छन्।







परिवर्तन संवाददाता
१५ पुष २०८२, मंगलवार ०७:०४